१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

दशैंका लागि असोज १३ गतेबाट सुकिला नोट साट्न सकिने

२६ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज १३ गतेदेखि दशैँका लागि नोट साट्न सकिने व्यवस्था मिलाइएको छ ।

नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य  बैंकहरूबाट समेत नोट साट्न सकिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले खर्च कटौती गर्ने उद्देश्यले यसपालिको दशैँमा  नयाँ नोट भने नसाटेर सुकिला मात्रै वितरण गर्न लागेको हो।

यस बर्ष दशैँलक्षित नोट सटही सुविधा असोज १३ देखि २२ गतेसम्मलाई खुलाउने मिति तय गरिएको छ ।

प्रकाशित मिति : September 11, 2024 at 12:28 pm