उपसभामुख राना हटाउने विषयमा माओवादीले गर्यो खबरदारी
२५ भदौ, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने सत्ता पक्षको तयारीमा खबरदारी तथा प्रतिवाद गरेको छ ।
आजको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले यसको प्रतिवाद गर्नुभएको हो ।
उहाँले भन्नुभयो-‘उपसभामुख रानालाई पदबाट हटाउने कुरा हेरियो । यो सत्य हो भने माओवादी यसको विरोध गर्दछ । त्यस्तै, सांसद हितबहादुर तामाङले पनि यस विषयमा खबरदारी र प्रतिवाद गर्नुभयाे । ‘हामी खबरदार गर्न चाहान्छौँ यस्ता कदम नचालियोस्,’ उहाँले भन्नुभयाे ।
प्रकाशित मिति : September 10, 2024 at 2:28 pm









