७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026

गुराँस लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति?

२५ भदौ, काठमाडौँ । गुराँस लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । उक्त कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गरेको हो ।

भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो। उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरूले पाउनेछन्। गत वर्षको तुलनामा भने कम्पनीले लाभांश दर बढाएको छ।

प्रकाशित मिति : September 10, 2024 at 11:27 am