१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

राष्ट्रियसभा बैठक बस्दै, विषयगत समितिका सभापतिको निर्वाचन मिति तोक्ने कार्यसूची

२५ भदौ, काठमाडौँ । मंगलबार दिउँसो सवा १ बजे सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक बस्ने भएको छ । उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७९–८० सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सदस्य मायाप्रसाद शर्माले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको पाँचौँ वार्षिक प्रतिवेदन, २०८०–८१ पेस गर्ने र सम्मानित राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले विषयगत समितिका रिक्त सभापति पदको निर्वाचनको दिन तोक्ने समेत कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : September 10, 2024 at 9:13 am