७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026

दराज नेपालद्वारा ९.९ वार्षिकोत्सव अभियानको घोषणा, के-के छन् विशेषता?

२३ भदाै, काठमाडौँ । दराज नेपालले ९.९ वार्षिकोत्सव अभियान सार्वजनिक गरेको छ । यस कार्यक्रम मार्फत उपभोक्ताले ६०% को फ्ल्यास सेल छुट, निःशुल्क डेलिभरी र १ करोड बराबरको भाउचर सुविधा प्राप्त गर्न सक्नेछन् ।

भदौ २४ गतेदेखि २६ गतेसम्म चल्ने उक्त अभियान भरी दराजका खरिदकर्ताहरूले न्यूनतम मूल्य रु.४ सय ९९ बराबरका उत्पादनहरूको  खरिद गर्दा छानिएका बिक्रेताहरू मार्फत उपभोक्ताका घरसम्म नै निःशुल्क डेलिभरीको सुविधा प्राप्त गर्नुका साथै  दैनिक रूपमा फ्ल्यास सेलबाट सबैभन्दा कम मूल्यमा विभिन्न क्याटेगरी तथा बोट, सेटाफिल, एक्स–एज र पिलग्रिम लगायतका ब्रान्डहरूमा ६०% सम्मकाे विशेष छुट अफरको मज्जा पनि लिन सक्नेछन् ।

यसका लागि उपभोक्ताले दराज एपको होमपेजमा गइ “फ्री डेलिभरी“ ब्यानरमा क्लिक गरी “फ्री डेलिभरी“ भाउचरहरू सङ्कलन गर्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दराज नेपालको ९.९ अभियानबारे थप जानकारी लिनका लागि भने www.daraz.com.np वा फेसबुक पेज वा दराज एपमार्फत लिन सकिनेछन् ।

प्रकाशित मिति : September 8, 2024 at 1:10 pm