नदी मापदण्डको विरोधमा स्थानीयको प्रदर्शन (तस्बिरहरू)
२३ भदौ, काठमाडौँ । काठमाडौँ उपत्यकाका नदीको मापदण्ड सर्वोच्च अदालतले थप २० मिटर कायम गरेपछि स्थानियहरू त्रसित भइ ठाउँ ठाउँमा विरोधमा उत्रिएका छन्। उक्त मापदण्डको आदेशसँगै काठमाडौँ महानगरले २० मिटर मा कुनै पनि संरचना निर्माण गर्न नपाइने र बनाएको घर बेच्न नपाइने भएपछि यो मुद्दा थप चर्किएको हो ।
गोकर्णेश्वर नगरपालिकाका स्थानीयहरूले सर्वोच्चको फैसला न्यायिक नभएको भन्दै आज जोरपाटी क्षेत्रमा विरोध गर्दै प्रदर्शन गरेका छन् ।
प्रकाशित मिति : September 8, 2024 at 12:31 pm














