१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

नयाँ मापदण्ड अन्तर्गत पर्ने कुनै पनि घर भत्किने छैन: बालेन शाह

२३ भदौ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले  नयाँ मापदण्ड अनुसार काठमाडौँ महानगर भित्र बनेका कुनै पनि घर नभत्किने बताउनुभएको छ ।

यदी घर भत्काउनै परेमा सरकारले मुअब्जा दिनुपर्ने उहाँको भनाइ छ । महानगरका प्रमुख शाहले फेसबुकमार्फत सरकारलाई सोध्नुभएको छ–आफै बोक्सी , आफै धामी । कानुन बनाउने कसले हो ? सरकारको नेतृत्व कसले गरेको हो ? अदालतमा न्यायाधीश नियुक्त गर्ने न्याय परिषद को छ ? खोलाको मापदण्ड र कानुन आफै बनाउने, आफै सहभागी भएको परिषद् देखि न्यायाधीश आउने । सरकार आफ्नै । कानुन बनाउने र संशोधन गर्ने अधिकार आफ्नै। अनि, भएको कानुन र फैसलालाई कार्यान्वन गर्दा दोष जति काठमाडौ महानगरलाई ? गलत जानकारी दिएर जनतालाई उचाल्ने काम बन्द गरौँ ।

न्याय खोज्ने हो भने काठमाडौँ महानगरलाई गाली गरेर न्याय नपाइने भन्दै उहाँले नेताहरूलाई प्रश्न गर्न सुझाव दिनुभएको छ ।

उहाँ थप लेख्नुहुन्छ–’तपाइँ को नयाँ मापदण्ड अन्तर्गत पर्ने कुनै घर भत्किने छैन निस्चिन्त रहनुहोस भत्काउनै परे मुआब्जा दिनु पर्छ सरकारले ,५० बर्ष पहिलेको तिनकुने को मुआब्जा दिन नसक्ने सरकारले तपाइँलाइ दिन नि सक्दैन भत्काउन नि सक्दैन । तपाइँको लागि हामी छ्दै छौ , केन्द्र सरकारलाई दबाब दिनुहोस नियम परिवर्तनको लागि । जब नियम परिवर्तन हुन्छ हामी सोही अनुसार फेरि सुचना जारी गरि हाल्नेछौ त्यतिनजेल कोहि नठ्गियोस भन्ने चाहना मात्र हो हाम्रो ।’

प्रकाशित मिति : September 8, 2024 at 11:02 am