९ असार २०८३, मंगलबार | Wed Jun 24 2026

निवर्तमान मुख्यमन्त्री कार्कीले फेरि भने, ‘अनसन बस्ने कुराबाट पछि हटेको छैन’

२३ भदौ, विराटनगर । आफूले उठाउँदै आएको मागबारे सरकारले बेवास्ता गरिरहेको भन्दै निवर्तमान मुख्यमन्त्री केदार कार्कीले अनसन बस्ने कुराबाट पछि नहटेको बताउनुभएको छ ।

मुख्यमन्त्री कार्कीले आफ्नो फेसबुकमार्फत आज बिहान स्टाटस लेख्दै १० वर्ष मुनिका प्रदेशको बालबालिकाको प्रदेशमा निःशुल्क उपचार, महिला स्वास्थ्य स्वयम् सेवीहरूलाई प्रोत्साहन भत्ता, प्रदेशमा सञ्चालन भएको शैलजा आचार्य मुटु रोग उपचार केन्द्र  सञ्चालन, सुनसरी र मोरङको ४ वटा पालिकालाई बाढी र डुबानबाट बचाउन केसलिया कारिडोर निर्माण हुनुपर्ने अडान पुनः राख्नुभएको हो ।

मुख्यमन्त्री कार्कीले भन्नुभयो-जनजीविका र जानता केन्द्रित कार्यक्रमलाई सरकार र सम्बन्धित पक्षबाट बेवास्ता गर्ने कार्य गरिरहेका छन् । म मेरो अडानमा प्रतिबद्ध छु र ‘जनताको मतको ऋण तिर्न म मृत्युमा जान परे पनि तयार छु ।

प्रकाशित मिति : September 8, 2024 at 9:52 am