२९ असार २०८२, आईतवार | Sun Jul 13 2025

सर्वोच्चले थप २० मिटर मापदण्ड तोकेको काठमाडौंका नदी खोला किनार क्षेत्र (तस्बिरहरू)

२२ भदौ, काठमाडौँ । काठमाडौंका नदी र खोला किनारका क्षेत्रमा सरकारले तोकेको मापदण्डभन्दा थप २० मिटरसम्म कुनै पनि संरचना बनाउन नपाउने सर्वोच्च अदालतको फैसलापछि स्थानीयहरू त्रसित भएका छन् ।

न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासले काठमाडौंका मुख्य नदी र खोला किनारमा थप २० मिटरभित्र संरचना बनाउन नपाइने फैसला गरेको हो । यसको पूर्ण पाठ सार्वजनिक भएपछि उपत्यकाका स्थानियहरूमा  तरंग पैदा भएको छ। उक्त फैसलाले निजी जग्गामा नक्सा पास गरी बनाइएका घर तथा संरचना भत्काउन आदेश दिएको छैन। तर नयाँ संरचना बनाउन नपाइने भएपछि अहिले ज–जसका घर छन्, ती बिक्री हुँदैनन् र जसले जग्गा किनेर राखेका छन्, उनीहरूले घर बनाउन पनि नपाउने भएका छन् ।

२०६५ सालको मापदण्ड बमोजिम बागमती र विष्णुमती किनारबाट २० मिटर छाडेर मात्र घर वा कुनै पनि संरचना बनाउन पाइन्छ। धोबीखोलामा यो मापदण्ड ९ मिटर नख्खुमा १२ मिटर बल्खु, कर्मनासा, कोड्कु, साङ्ले र महादेव खोलामा १० मिटर र टुकुचा, सामाखुसीजस्ता खोलामा भने ४ मिटर छाडेर मात्र संरचना बनाउन पाइने मापदण्ड तोकिएको छ।

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार १०:५८