१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

आरबीबी म्युचुअल फन्डको लाभांश घोषणा

२० भदौ, काठमाडौँ । आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले म्युचुअल फन्डको लाभांश घोषणा गरेको छ ।

बिहिबार बसेको सञ्चालक समितिको बैठकले आरबीबी म्युचुअल फन्ड १ र २ को लाभांश घोषणा गरेको हो । उक्त बैठकले करसहित आरबीबी म्युचुअल फन्ड १ को ३.८१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

भदौ ३१ गते फन्डको बुक क्लोज मिति तय गरिएको छ भने भदौ ३० गतेसम्ममा सेयरधनीले लाभांश पाउनेछन् ।

प्रकाशित मिति : September 5, 2024 at 12:53 pm