९ असार २०८३, मंगलबार | Wed Jun 24 2026

प्रधानमन्त्री ओलीलाई प्रचण्डको जबाफ– राउन्ड किक कस्तो हुन्छ अब जनताले देखाउँछन्

२० भदौ, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ दलका नेताहरूले संविधानविपरीत अभिव्यक्ति दिइरहेका कारण त्यसको भण्डाफोर गर्न कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ ।

बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको एक कार्यक्रम मार्फत आफ्नो अभवव्यत्ति राख्दै वाहाँले सहिदहरूका बलिदानका कारण प्राप्त भएका राजनीतिक उपलब्धि उपभोग गरेर बलिदानपूर्ण संघर्षमाथि नै धावा बोल्ने छुट कसैलाई नभएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीलाई लक्ष्य गर्दै दाहाले भन्नुभयो-प्रधानमन्त्री ओलीले बुधबार पोलिटव्युरो बैठकमा प्रचण्डलाई लक्ष्य गर्दै ‘एक राउण्ड किक दिएको, असन्तुलित अभिव्यक्ति दिँदैछन्’ भन्ने खबर बाहिर आएका थिए । र प्रधानमन्त्रीमै बसेका नेताले आफूले गरेको ठगी र बेइमानीलाई ‘प्रचण्डलाई राउण्ड किक हानेको’ भनेर पनि बोलेको  सुनेको छु। ‘अब जनताको राउण्ड किक कस्तो हुन्छ, तिनले देख्नेछन्,’अध्यक्ष दाहाले भन्नुभयो ।

त्यस्तै, ‘जनयुद्धलाई संविधानले सशस्त्र संघर्ष भनेको छ। तर संविधानको व्याख्यात्मक टिप्पणीमा स्पष्टसँगै सशस्त्र संघर्ष भनेर माओवादी जनयुद्धलाई बुझाउने भनेर लेखिएको छ, यसमा सबै दलहरुले हस्ताक्षर गरेका छन्। तर अहिले कतिपय सत्तारुढ दलका नेताहरूले जनयुद्धलाई हिंसा, हत्या, आतंक थियो भन्ने दुस्सास गर्ने गरेका छन्’, दाहालले भन्नुभयो ।

प्रकाशित मिति : September 5, 2024 at 11:27 am