१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

सेयर बजारमा उच्च गिरावट, २७३९ विन्दुमा झर्याे नेप्से

१९ भदाै, काठमाडौँ । बुधबार सेयर बजारमा उच्च गिरावट आएको छ । यस दिन नेप्से परिसूचक ९०.७३ अंकले घटेर २७३९.४६ विन्दुमा पुगेको छ। यस दिन नेप्सेका १३ उपसमूहमध्ये १३ वटै उपसमूहको परिसूचक घटेको छ। नेप्से परिसूचक घटेसँगै आज कारोबार रकम पनि घटेको छ।

३२० कम्पनीको १ लाख ३७ हजार पटकको कारोबारमा १२ अर्ब ९२ करोड रुपैयाँ बराबरको २ करोड ६५ लाख कित्ता शेयर खरिदबिक्री भएको छ। जसमा ३१ वटा कम्पनी बढेका छन् भने २१३ वटा कम्पनी घटेका छन् । यस दिन सर्वाधिक बढ्नेमा एक्सल डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त, समाज लघुवित्त र इस्टर्न हाइड्रोपावर सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, सर्वाधिक घट्नेमा सुपर माई हाइड्रोपावर रहेको छ ।

बुधबार सर्वाधिक रकमको कारोबार गर्नेमा एनएलजी इन्स्योरेन्स रह्यो जसको ३४ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

प्रकाशित मिति : September 4, 2024 at 3:33 pm