७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

पलेशा र पेरिस पारालिम्पिक्समा नेपाललाई प्रतिनिधित्व गर्ने खेलाडीहरूलाई एनसेलले गर्‍यो सम्मान

१९ भदौ, काठमाडौँ । पारालिम्पिक्स २०२४ खेलमा गौरवमय इतिहास रच्दै नेपाली खेलकुदको क्षेत्रमा देशको लागि ठूलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई एनसेलले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ।

एनसेलले पलेशाको ऐतिहासिक जित र पेरिस पारालिम्पिक्स २०२४ मा देशलाई प्रतिनिधित्व गर्ने पारा खेलाडीहरू तथा प्रशिक्षकहरूको सम्मान स्वरुप पलेशालाई १० लाख रूपैयाँ तथा अन्य सहभागी खेलाडीहरू र प्रशिक्षकहरूलाई समेत थप १० लाख रूपैयाँ पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको छ।

राष्ट्रिय पारालिम्पिक कमिटी (एनपिसी) नेपालसँग भइरहेको आफ्नो सहकार्यमा एनसेलले यस सम्मानको घोषणा गरेको हो। यधपी, एनसेलले गत वर्षदेखि नै एनपिसीसँग नेपाली पारा खेलाडीहरूको समग्र तालिम र विकासका लागि ‘हामी तपाईंहरूकै लागि’ थिम अन्तर्गत सहकार्य गर्नुका साथै सहयोग प्रदान पनि गर्दै आएको छ।

प्रकाशित मिति : 12:18