७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

एमएडब्लु समूहले नाडा अटो शोमा बिक्री गर्‍यो एक हजारभन्दा बढी सवारी

१७ भदौ, काठमाडौँ । नाडा अटो शोमा एमएडब्लु समूहले एक हजारभन्दा बढी दुई तथा चार पांग्रे सवारी साधनहरूको बिक्री गरेको बताएको छ।

नेपाली अटोमोटिभ उद्योगमा परिचित नामले प्रस्तुत एमएडब्लु समूह विश्वसनीय, रिलायबल तथा इनोभेटिभ ब्राण्डहरूको विस्तार गर्न प्रतिबद्ध रहेको कम्पनीको भनाइ छ।

यस वर्षको एमएडब्लुले राखेको हरेक स्टलमा अवलोकनकर्ताको सहभागिता बाक्लो रहेको थियो।

एमएडब्लु समूहका निर्देशक विष्णु अग्रवालले नाडा अटो शो प्रति कृतज्ञता र उत्साह व्यक्त गर्दै भन्नुभयो-‘नाडा अटो शोमा हाम्रो गाडीहरू प्रति ग्राहकहरूले देखाउनु भएको उत्साह र यसको अतुलनीय सफलताको घोषणा गर्न पाउँदा हामी धेरै हर्षित छौं। हाम्रा ग्राहकहरूको अविश्वसनीय प्रतिक्रियाले हाम्रो अपेक्षाहरूलाई पूरा गरेको छ। यो सफलता हाम्रो टोलीको कडा मेहनत र समर्पणका साथै हाम्रा ग्राहकहरूको विश्वास र समर्थनको परिणाम हो।’

प्रकाशित मिति : 12:01