सहरको रूपान्तरणमा महानगर प्रहरीले अग्रपङ्क्तिमा भूमिका निर्वाह गरेको छ– बालेन शाह
१५ भदौ, काठमाडौँ । सहरी व्यवस्थापन रूपान्तरणको कठिन घडीमा महानगर प्रहरीले अग्रपङ्क्ति भूमिका निर्वाह गरेको काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहले बताउनुभएका छन् ।
शुक्रबार आयोजित कार्यक्रममा वाहाँले ३२ औँ महानगर प्रहरी दिवसका अवसरमा विकासोन्मुख मुलुकका सहरहरूलाई व्यवस्थापन गर्ने चुनौतीपूर्ण काममा महानगर प्रहरी बलले अनुकरण योग्य काम गरेको धारणा राख्नुभएका हुन् ।
‘अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गराउने, पुरिएको तथा छोपिएको नदीलाई खुला गराउने, सडक सहयोगापेक्षी मानव व्यवस्थापन, सुन्दरता जस्ता क्षेत्रमा महानगर प्रहरी बलले गरेका काम, देश र दक्षिण एसियाली मुलुकहरूकै लागि सिकाइ बनेको छ,’ प्रमुख शाहले भन्नुभयो ।
प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको इजलासबाट भएका फैसला तथा निर्णय कार्यान्वयनसँगै अदालतबाट हुने निर्णय कार्यान्वयनमा पनि प्रहरी बलले अग्रणी भूमिका खेलेको प्रमुख शाहले भन्नुभयो ।
प्रकाशित मिति : August 31, 2024 at 11:49 am









