१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त

१२ भदौ, काठमाडौं । नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देललाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नुभएका छन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २६७ को उपधारा ५ बमोजिम भदौ २४ गतेदेखि लागू हुने गरी वाहाँलाई प्रधान सेनापतिमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल भदौ २४ गतेबाट समाप्त हुँदैछ । कार्यकाल समाप्त हुनु एक महिनाअघि वाहाँ बिदामा बस्नुभएकाले हाल सिग्देल कायम प्रधान सेनापति हुनुहुन्छ ।

प्रकाशित मिति : August 28, 2024 at 1:36 pm