प्याजको भाउ प्रतिकिलो १३० रुपैयाँ पुग्यो, अन्य तरकारीको कति छ मूल्य?
१२ भदौ, काठमाडौँ । कालीमाटीमा तरकारी बजार विकास समितिले प्याजको अधिकतम थोक मूल्य प्रतिकिलो १३० रुपैयाँ पुगेको जनाएको छ ।
त्यस्तै, बुधबारका लागि कालीमाटीको तरकारी बजारमा टाटे सिमी, तिते करेला,भन्टा र भिण्डी केही महँगिएको छ भने गोलभेँडा, स्थानीय काउली, घिउ सिमी तथा परवर सस्तिएको छ ।
कालीमाटी तरकारी बजार विकास समितिका अनुसार बुधबारको लागि नेपाली ठूलो गोलभेँडा प्रतिकिलो अधिकतम ६५ रुपैयाँ पुगेको छ ।
हाल स्कुस सबैभन्दा सस्तो भएको छ । स्कुसको सिजन सुरु भएका कारण नै प्रतिकिलो ३५ रुपैयाँमा कारोबार भएको छ ।
रातो आलु ७०, स्थानीय गाजर १००, बन्दा ६०, स्थानीय काउली १४०, लाम्चो भन्टा ४०, डल्लो भन्टा ६०, तने बोडी १००, घिउ सिमी ९०, टाटे सिमी १५०, तिते करेला ६०, लौका ५० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, डल्ले च्याउ ४३०, कुरिलो ३५०, कन्य च्याउ २०० तथा ब्रोकाउली १८० रुपैयाँ कारोबार भएको छ ।
प्रकाशित मिति : 10:33









