आजका युवाहरूलाई नेल हतकडी भनेको कस्तो हुन्छ थाहा छैन: प्रधानमन्त्री
८ भदाै, काठमाडौँ । आज काठमाडौँमा भएको एक आयाेजित युथ कन्क्लेभ कार्यक्रममा प्रधानमन्त्री केपी शर्माओलीले आफूले जेलमा हुँदा भोगेर आजको सफलतामा आइपुगेको बताउनुभएकाे छ ।
एक जना युवाले प्रधानमन्त्री बन्ने जीवन यात्राको बारेमा गरेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले आफू १४ वर्ष जेल बसेको र अन्य सङ्घर्ष गरेर यहाँसम्म आइपुगेको बताउनुभयाे ।
‘हामीले धेरै कुटाई खानुपरेको थियो, जेलमा बस्नुपरेको थियो, हतकडी लगाउनुपरेको थियो । आजका युवाहरूलाई नेल हतकडी भनेको कस्तो हुन्छ थाहा छैन पनि हाेला’, वाहाँले भन्नुभयाे ।
आफ्नो जीवन संघर्षकाेबारेमा वाहाँले भन्नुभयाे, ‘म १८ वर्ष हुँदा मलाई पञ्चायती शासनले मुद्दा लगाएको थियो यसैक्रममा म जेल परेको थिएँ । मलाई ५३ सालका लागि तोकेर जेल पठाइएको थियो पछि त्यो घट्दै गएर १० वर्षमा पुग्यो । १० वर्षपछि पनि ४ वर्ष बिना मुद्दा मामिला फेरि थुनेको थुन्यै गरियो ।
म लोकतन्त्रका लागि लड्दा अन्यायपूर्वक थुनिएको थिएँ । यस्तो धेरै भोगेको छु जिन्दगीमा मैले’, प्रधानमन्त्री ओलीले भन्नुभयाे ।
प्रकाशित मिति : August 24, 2024 at 4:31 pm









