१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

गृहमन्त्री लेखकले गरे बस दुर्घटनाबारे भारतीय राज्यमन्त्रीलाई ब्रिफिङ

८ भदाै, काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले शुक्रबार तनहुँमा भएको बस दुर्घटनाबारे भारतकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा खड्सेलाई ब्रिफिङ गर्नुभएकाे छ ।

घाइतेहरुलाई भेट्न आज काठमाडौं आउनुभएकी खड्सेसँग गृहमन्त्री रमेश लेखक पनि त्रिवि शिक्षण अस्पताल पुग्नुभएकाे थियाे ।

अस्पतालमा घाइतेहरूको अवस्था बुझेर फर्केपछि  मन्त्रालयमा आयोजित संक्षिप्त कार्यक्रममा बोल्दै गृहमन्त्री रमेश लेखकले दुर्घटनाबाट भएको क्षति, उद्दार तथा उपचारमा कुनै कमी आउन नदिने बताउनुभयाे ।

भारतकी राज्यमन्त्री दुर्घटनापछि उद्दारदेखि उपचारसम्म भएको कुशल व्यवस्थापनप्रति नेपाल सरकारप्रति आभार प्रकट गर्नुभइन् ।

भारतकी राज्यमन्त्रीले  घाइतेहरुको उपचारमा चिकित्सकहरुले देखाएको सक्रियताको पनि प्रशंसा गर्नुभएकाे गृह मन्त्रालयको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : August 24, 2024 at 4:05 pm