१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

बालुवाटार नजिकै विभिन्न माग राख्दै प्रदर्शन (तस्बिरहरू)

८ भदाै, काठमाडौँ । शनिबार बालुवाटार नजिकै विभिन्न माग राख्दै युवाहरूको समूहले प्रदर्शन गरेका छन् ।

⁠भ्रष्टाचारीलाई जोगाउने नियतले ल्याइएको ५ वर्षे हदम्याद खारेज गर्न लगायत ⁠गिरिबन्धु टी स्टेट, भुटानी शरणार्थी, मिटरव्याजी पीडितहरूका समस्या तथा बैंक सहकारी, विद्युत् प्राधिकरणले विभिन्न व्यापारीबाट उठाउनुपर्ने २२ अर्ब २४ करोड रकम तुरुन्त असुल गर्न जस्ता सम्बन्धलाई लिएर शनिबार बालुवाटारमा माग गर्दै प्रदर्शन गरेका छन् ।

त्यस्तै, अहिलेसम्मका सबै नेताका सम्पत्ति छानबिन गर्न तथा विदेशमा रहेका नेपालीहरूको मताधिकार सुनिश्चित गर्नका साथै ⁠वैदेशिक रोजगारको क्रममा ठगिएका नेपाली नागरिकहरूलाई सुनिश्चित गर्न पनि प्रदर्शनमा उत्रिएका छन् ।

प्रकाशित मिति : August 24, 2024 at 3:35 pm