वरिष्ठ अधिवक्ता हुन अब २५ वर्ष वकालत गरेको हुनुपर्ने प्रस्ताव
८ भदाै, काठमाडौँ । नेपाल कानुन व्यवसायी परिषद् २०५१ लाई संशोधन गर्न बनेको विधेयक २०८१ मा वरिष्ठ अधिवक्ता हुनका लागि अब २५ वर्ष वकालत गरेको हुनुपर्ने प्रावधान प्रस्ताव गरिएको छ ।
सरकारले राष्ट्रियसभामा मूल ऐनको दफा २१ मा संशोधन गर्दै वरिष्ठ अधिवक्ताको उपाधिका लागि १५ वर्ष वकालत गरेकालाई २५ वर्ष वकालत गर्नुपर्ने बनाइएको हो । परिषद्ले वरिष्ठ अधिवक्ताको उपाधि दिने व्यवस्थालाई थप व्यवस्थित बनाउन कानुन व्यवसायीको सूची सर्वोच्च अदालतमा पेस गर्ने तथा सर्वोच्च अदालतले उपाधि दिएको वरिष्ठ अधिवक्ताको विवरण समेत परिषद्ले अद्यावधिक गर्नुपर्ने व्यवस्था गर्न आवश्यक भएका कारण नै यी व्यवस्था प्रस्ताव गरिएको छ ।
प्रकाशित मिति : August 24, 2024 at 1:13 pm









