तनहुँ बस दुर्घटनाका घाइते भेट्न भारतीय राज्यमन्त्री काठमाडौँमा
८ भदाै, काठमाडौँ । भारत सुकारले शुक्रबार तनहुँमा भएकाे बस दुर्घटनाका घाइते यात्रीहरूलाई भेट्न र शव लिएर जानका लागि आफ्ना एक केन्द्रीय मन्त्रीलाई काठमाडौँ पठाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे शनिबार बिहान काठमाडौँ आउनुभएकी हुन् । उनी काठमाडाै आइपुग्नासाथ घाइतेहरुको अवस्था बुझ्न त्रिवि शिक्षण अस्पताल जानुभएकी छिन् ।
प्रकाशित मिति : August 24, 2024 at 11:47 am









