१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

बयान दिने क्रममा रविले भने– ‘विशेष समितिले सहकारी पीडितसँगै मलाई पनि न्याय दिन्छ भन्नेमा विश्वस्त छु’

८ भदाै, काठमाडौँ । सहकारी संस्था बचत रकम हिनामिनामा सङलग्न रहेकाे आराेपमा संसदीय छानबिन विशेष समितिले शुक्रबार अपराह्न ४ बजेदेखि ११ बजेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सोधपुछ गरिएकाे थियो । उक्त साेधपुछ गर्नेक्रममा रविले सहकारी पीडितलाई न्याय दिन ढिलाइ गर्न नहुने बताउनुभयाे ।

बयानको बिट मार्दै वाहाँले ‘न्यायको खोजीमा रहेका सहकारी पीडितलाई संसदीय समितिले न्याय दिन्छ भन्नेमा म विश्वस्त छु तथा  आसाबादि छु’, लामिछानेले भन्नुभयाे ।

वाहाँलाई ५१ वटा प्रश्न सोधिएकोमा लामिछानेले सबै प्रश्नमा सविस्तार जवाफ दिनुभएकाे थियाे ।

सभापति सूर्य थापाले रविले दिनुभएकाे जवाफलाई जस्ताको तस्तै पेस गर्नेछाैँ। ‘जवाफ जस्ताको तस्तै हामी पेस गर्छौँ । प्रतिवेदनमा लेखनमा पनि समावेश गर्छौँ । अनुसूचीमा समेत राख्छौँ’, वाहाँले भन्नुभयाे ।

प्रश्नहरूको जवाफ दिनेक्रममा रविले गोरखा मिडिया नेटवर्कमा सहकारीबाट आएको ऋणको जिम्मा लिन आफू बाध्य नहुने र आफूले यस मिडियामा एक रुपैयाँ लगानी नगरेको दाबी गर्नुभयाे ।

प्रकाशित मिति : August 24, 2024 at 10:04 am