१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

मर्स्याङ्दीमा भारतीय बस दुर्घटना: १४ जनाको मृत्यु, १६ जनाको उद्धार

७ भदाै, काठमाडाैँ । तनहुँको आँबुखैरेनीनजिकै ऐना पहराबाट मर्स्याङ्दी नदीमा बस खस्दा १४ जनाको मृत्यु भएको छ, भने १६ जनाकाे उद्धार गरिएको छ। ।

आज बिहान भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा खसेको थियो।

सशस्त्र प्रहरीका जानकारीअनुसार १४ जनाको मृत्यु भएको छ भने १६ जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पुर्याइएको छ । पोखराबाट काठमाडौंका लागि छुटेको युपी ५३ एफटी ७६२३ नम्बरको बस आँबुखैरेनीनजिकै ऐना पहराबाट मर्स्याङ्दीमा खसेको थियो।

प्रहरीका अनुसार बसमा करिब ४० जना भारतीय नागरिकहरू रहेका थिए ।

प्रकाशित मिति : August 23, 2024 at 1:25 pm