१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

आँबुखैरेनीनजिकै ऐना पहराबाट मर्स्याङ्दी नदीमा खस्यो बस

७ भदाै, काठमाडाैँ । आँबुखैरेनीनजिकै ऐना पहराबाट मर्स्याङ्दी नदीमा बस खसेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी वीरेन्द्रबहादुर शाहीका अनुसार आज बिहान साढे ११ बजे आबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहराबाट बस मर्स्याङ्दीमा खसेको हाे ।

उक्त घटनास्थलमा आँबुखैरेनीको प्रहरी टोली पुगी डोरी लगाएर उद्धार गर्न थालिएको एसपी शाहीले बताउनुभयाे ।

तनहुँ जिल्लाका डिएसपी दीपककुमार रायका अनुसार भारतीय नम्बर प्लेटको बस दुर्घटना भएकाे हाे। युपी ५३ एफटी ७६२३ नम्बरको बस पोखराबाट काठमाडौं आउँदै गरेको खुलेको छ। बसमा अन्दाजी ४० जना यात्रु रहेको वाहाँले बताउनुभयाे ।

प्रकाशित मिति : August 23, 2024 at 12:28 pm