९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

संसदीय विशेष समितिले आज रवि लामिछानेसँग वयान लिने

७ भदौ, काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले आज गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशकको हैसियतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेसँग बयान लिने भएको छ ।

सुर्यदर्शन, सानोपाइला लगायत सहकारीको बचत रकम लामिछाने र गोर्खा मिडियामा गएको सन्दर्भमा सोधपुछका लागि लामिछानेलाइ बोलाइएको हो । समितिले भोलि दिउँसो आज दिउँसो २ बजे बयानका लागि बोलाएको छ ।

नेपाली कांग्रेससहितका तत्कालीन प्रतिपक्षी दलहरूले लामिछानेको संलग्नतामा भएको सहकारी ठगीमा अनुसन्धान गरेर संसदीय छानविन गर्न माग भएपछि संसदले नेकपा एमलेका संसद सूर्यबहादु थापा क्षेत्रीको संयोजकत्वमा संसदीय छानविन विशेष समिति गठन गरेको थियो । समितिले ७५ दिनदेखि निरन्तर काम गरिरहेको छ ।

प्रकाशित मिति : August 23, 2024 at 9:54 am