९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

पाँचवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् कार्यसूची

४ भदाै, काठमाडाैँ । आज पाँच वटा संसदीय समितिको बैठक बस्दैछ। प्रतिनिधिसभा तर्फका ३ वटा तथा राष्ट्रिय सभातर्फका दुईवटा समितिको बैठक बस्न लागेको संघीय संसद सचिवालयले जनाएको छ।

बिहान ११ बजे प्रतिनिधिसभा तर्फको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल गर्ने कार्यसूची रहेकाे छ।

आज बिहान ११ बजे नै राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्नदैछ । उक्त बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका बारेमा छलफल हुनेछ।

त्यस्तै, दिउँसो  साढे १ बजे  भने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वका कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा कार्यविधि, राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरूका सम्बन्धमा छलफल हुने कार्यसूची रहेकाे छ।

बिहान साढे ११ बजे नै राष्ट्रिय सभा तर्फका दुइ वटा बैठक बस्नेछ । बैठक राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढिकरणको लागि प्रवर्द्धन गर्न ‘राष्ट्रिय सदाचार नीति’ जारी गर्ने कार्यसूची रहेकाे छ ।

त्यसैगरी, विधायन व्यवस्थापन समितिको बैठकमा भने उत्तरविधायिकी परिक्षणका बिषयमा छलफल हुने कार्यसूची रहेकाे  छ।

प्रकाशित मिति : August 20, 2024 at 9:31 am