१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

नेपाल टेलिकमको खुद नाफा घट्यो, यस्ताे छ अन्य सूचक

३१ साउन, काठमाडाैँ । नेपाल टेलिकमको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित भएकाे छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा ६ अर्ब ६१ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.४४ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्ष कम्पनीको खुद नाफा ७ अर्ब ९२ करोड १ लाख रुपैयाँ थियो। आम्दानी घटेसँगै कम्पनीको खुद नाफा पनि घट्न पुगेको हो।

त्यस्तै कम्पनीको आम्दानी ४.९९ प्रतिशत घटेको छ भने वित्तीय आम्दानी १६.६८ प्रतिशत घटेको छ। त्यसैगरी, कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा ६.३२ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७ रुपैयाँ २४ पैसा घटेर ३६ रुपैयाँ ७७ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५२५ रुपैयाँ ४३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २२.९८ गुणा रहेको छ।

१८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७६ अर्ब ५७ करोड रुपैयाँ सञ्चित छ।

प्रकाशित मिति : August 15, 2024 at 11:29 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/