१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

पाँच लाख सदस्य पुर्‍याउन जसपा नेपालले चलाउँदै छ तीन महिने अभियान

३० साउन, काठमाडाैँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी, नेपालले तीन महिने अभियान सुरू गर्न लागेको छ।

तीन महिने अभियानबारे ललितपुरको साना गाउँमा चार दिनदेखि जारी केन्द्रीय समितिले निर्णय गर्ने केन्द्रीय सदस्य पूर्ण बस्नेतले जानकारी दिनुभयाे । आइतबारदेखि सुरू भएको बैठक आज सकिँदैछ।

जसपाले सुरू गर्न लागेको अभियान भदौबाट सुरू भएर मंसिरको मसान्तमा सकिनेछ। ‘जसपाले आधारभूत तहमा संगठन निर्माण अभियान चलाउन लागेको हो। उक्त अभियानको माध्यमबाट पार्टीको सदस्य संख्या पाँच लाख पुर्‍याउने लक्ष्य रहेको पनि बस्नेतले बताउनुभयाे ।

पार्टी सरकारमा रहँदा सरकारले गरेका राम्रा कामहरुको प्रचार–प्रसार गर्ने, नराम्रो काम भए त्यसको जानकारी पार्टीलाई गराउने लक्ष्य अभियानले राखेकाे छ ।

बागमती प्रदेशमा भदौ ८ गते, मधेस प्रदेशमा भदौ १५ र १७ गते, कोशी प्रदेशमा भदौ १९ गते अभिमुखीकरण कार्यक्रम सञ्चालने हुनेछ।

लुम्बिनी प्रदेशमा भदौ १९, २१ गते, गण्डकी प्रदेशमा भदौ २१ गते र सुदूरपश्चिम प्रदेशमा भदौ २३ गते अभिमुखीकरण हुनेछ। लुम्बिनीमा २१ गते हुने अभिमुखीकरणमा कर्णाली प्रदेशकालाई पनि सहभागी गराइनेछ।

प्रकाशित मिति : August 14, 2024 at 11:49 am