३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

पारोविरूद्धको खेल जितेर समूह चरणमा पुगे चर्च ब्वाइजले १ लाख अमेरिकी डलर पाउने

२९ साउन, काठमाडाैँ । एसियाली फुटबल महसंघ (एएफसी) को तेस्रो श्रेणीको क्लब स्तरीय फुटबल प्रतियोगिता एएफसी च्यालेन्ज लिग २०२४-२५ सिजन दशरथ रंशगालामा आजबाट सुरु हुँदैछ ।

चर्च ब्वाइजले प्रारम्भिक चरणको खेलमा आज भुटानको पारो एफसीसँग खेल्ने र यो खेलमा जित हात पार्ने टोली समूह चरणमा पुग्नेछ।

एएफसी च्यालेन्ज लिगको कम्पिटिसन रेगुलेसनमा उल्लेख भएअनुसार समूह चरणमा पुग्ने टोलीलाई तयारी खर्च १ लाख   अमेरिकी डलर प्रदान गरिनेछ।

एएफसीले समूह चरणमा खेल्ने २० टोलीका लागि १-१ लाख डलर दिने र एक जितको २० हजार डलर पुरस्कार हुनेछ।

समूह चरणमा एक समूहको खेल एकै स्थानमा हुनेछन् । त्यसपछि क्वार्टरफाइनल पुग्ने आठ टोलीले थप ८० हजार डलर पाउनेछ ।

त्यस्तै, सेमिफाइनल पुग्ने टाेलीले थप  १ लाख २० हजार डलर रकम प्राप्त गर्ने र लिगको विजेताले १० लाख डलर तथा उपविजेताले ५ लाख डलर पुरस्कार पाउनेछन्।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलवार १७:४६