१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

रास्वपाका सांसद हरि ढकालले बोलिरहेका बेला सभामुखले काटे माइकको लाइन

२९ साउन, काठमाडाैँ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले बोलिरहेका बेला सभामुख देवराज घिमिरेले माइकको लाइन काटेपछि त्यसको विरोध भएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका केही सांसदले बोल्दाबोल्दै विद्युत् अवरुद्ध भएपछि त्यसको विरोध भएकाे हाे ।

बैठकको आकस्मिक समयमासांसद हरि ढकालले आफू बोलिरहेका बेला ‘माइक’ काटिएको भन्दै विरोध जनाउनुभयो । विद्युत् महसुलका विषयमा बोलिरहँदा माइकको लाइन काटिएपछि उहाँले आफ्ना भनाइ राख्न पाउनुपर्ने माग गर्नुभएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले विद्युत् महसुलको विषयमा बोल्दाबोल्दै माइक काटिएको हुनाले समय तोकेर सांसद ढकाललाई बोल्न दिनुपर्ने माग गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताका प्रतिनिधिले जनताका चासोबारे बोल्न पाउनुपर्ने माग गर्नुभयो । बैठक केहीबेर अवरुद्ध भएपछि अहिले सञ्चालन भएको छ ।

त्यसअघि, सभामुख देवराज घिमिरेले आफूहरुले बनाएको नियमावलीअनुसार बैठकलाई मर्यादित ढङ्गले सञ्चालनमा सघाउन सांसदहरुसँग अनुरोध गर्नुभएको थियो ।

प्रकाशित मिति : August 13, 2024 at 2:10 pm