१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

रास्वपा संसदीय दलको बैठक जारी

२९ साउन, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सिंहदरबारस्थित सुरु भएको छ । उक्त बैठकमा प्रतिनिधिसभामा पार्टीले तय गर्ने रणनीतिबारे छलफल भइरहेको छ । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सम्बन्धमा रास्वपाले संसदीय दलको बैठकमा छलफल गर्ने पनि प्रवक्ता मनिष झाले जानकारी दिनुभयाे ।

त्यस्तै, बैठकमा समितिका सभापति विमला सुवेदीले कानुन, न्याय तथा मानवअधिकार बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न र सत्य निरूपणका साथै मेलमिलाप आयोग विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने कार्यसूची रहेकाे छ ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलवार ११:२१