आज चार संसदीय समितिको बैठक बस्दै, यी हुन् कार्यसूची
२९ साउन, काठमाडौँ । मंगलबार चार वटा संसदीय समितिको बैठक बस्ने भएकाे छ ।
बिहान ११ बजे लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणको लागि अनिवार्य सर्त रहेका सुशासन तथा प्रवर्द्धन गर्न राष्ट्रिय सदाचार नीति जारी गर्ने सम्बन्धकाे बिषयमा छलफल गर्नका लागि विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ ।
त्यस्तै संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रारम्भ हुनेछ । उक्त बैठक दिउँसाे सवा १२ बजे बस्नेछ ।
मंगलबार नै विधायन व्यवस्थापन समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल हुने र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा भूकम्प प्रभावित क्षेत्रको अनुगमन प्रतिवेदनमाथि छलफल हुनेछ । यी दुइ वटै बैठक आज नै दिउँसाे १ बजे बस्दैछ ।
प्रकाशित मिति : August 13, 2024 at 10:21 am









