१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

के जनार्दन शर्मा नेकपा (एमाले)मै प्रवेश गर्न लागेका थिए ?

२७ साउन, काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफू नेकपा एमालेमा प्रवेश गर्न लागेको भनेर गलत हल्ला चलाइएको बताउनुभएको छ । पार्टी जारी स्थायी कमिटी बैठका लिखित रूपमा आफ्नो मत राख्दै उपमहासचिव शर्माले प्रचण्ड निवास खुमलटारबाटै आफूबिरुद्ध पार्टी छाड्दैछ भन्ने हल्ला चलाइएको बताउनुभएको छ ।

उहाँले जनार्दन शर्मा एमालेमा जाँदैछ भनेर खुमलटारबाट शुरु गरिएको प्रचारबाजीलाई बालुवाटार पुगेपछि थप तीव्रता दिइएको दाबी  गर्नुभएको छ । उहाँले उक्त प्रचारलाइ अध्यक्ष प्रचण्डले नै पुष्टि गरेको पनि दाबी गर्नुभएको छ । यस्तो छ शर्माको लिखित मत ।

 

प्रकाशित मिति : २७ श्रावण २०८१, आईतवार १७:४६