१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

माओवादी केन्द्र परित्याग गरी एमालेमै फर्किए टेक बहादुर थापा

२७ साउन, काठमाडौँ । जाजरकोटका तत्कालीन नेकपा मालेको संस्थापक टेक बहादुर थापा एमालेमा फर्किनुभएको छ । उहाँलाई एमाले महासचिव शंकर पोखरेलले पार्टी कार्यालयमा भएको एक कार्यक्रममा स्वागत गर्नुभएको एमाले केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिनुभयो ।

टेक बहादुर थापा तत्कालीन नेकपा माले जाजरकोटको संस्थापक मध्यको एक हुनुहुन्छ । थापा २०५८ मा माओवादीमा आवद्ध हुनुभएको थियो । शिक्षक्षण पृष्णभूमिको उहाँ दशेर माविको प्रधानाध्यापक समेत हुनुहुन्थ्यो ।

उहाँले माओवादी पार्टीका रुपमा अझै विकास नभएको, ब्यक्तिवाद र चर्को अवसरवाद दलदलमा फसेकोकारण पुनः एमालेमै फर्किएको बताउनुभएको छ । थापाले अब नेपालमा कम्युनिस्ट आन्दोलनको रक्षा र विकासका लागि नेकपा ९ एमाले० लाई नै बलियो बनाउनु पर्ने बताउनुभएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आईतवार ०९:५१