१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

राष्ट्रिय युवा संघ बागमती प्रदेश कमिटीको अध्यक्षमा राजु तिवारी सर्वसम्मत

२७ साउन, काठमाडाैँ । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश कमिटीको अध्यक्षमा नुवाकोटका राजु तिवारी सर्वसम्मत चयन हुनुभएको छ । भक्तपुरमा सम्पन्न भएको दोश्रो अधिवेशनबाट राजु तिवारीको अध्यक्षतामा नयाँ कमिटी सबै सर्वसम्मत भएको हो ।

अधिवेशनबाट उपाध्यक्षमा पुकेश शाक्य, सचिवमा सन्तोष अर्याल, सहसचिवमा हरिशरण जमरकट्टेल र रमेश बस्नेत, कोषाध्यक्षमा रोजमान लामा, साईवर सर्कल प्रमुखमा विराज बिष्ट, युथफोर्स प्रमुखमा कुमार थापामगर र युथफोर्स उपप्रमुखमा बिमल कार्की चयन हुनुभएको छ ।

अधिवेशनको उद्घाटन भक्तपुरको राधेराधेमा नेकपा एमालेका महासचिव शंकर पोखरेलले गर्नुभएको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आईतवार ०८:४३