स्मार्टच्वाइस टेक्नोलोजिजका अध्यक्षमा रविन कुमार नेपाल नियुक्त
२५ साउन, काठमाडाैँ । भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका अध्यक्षमा नेपाल राष्ट्र बैंकबाट रविन कुमार नेपाल नियुक्त हुनुभएकाे छ ।
नेपाल राष्ट्र बैंकका अध्यक्ष नेपालले डेपुटी गभर्नर बम बहादुर मिश्र समक्ष पद तथा गोपनियताको शपथ लिनुभएकाे हाे ।
उक्त शपथ ग्रहण कार्यक्रममा भुक्तानी प्रणाली विभागका का.मु. कार्यकारी निर्देशक, भुक्तानी प्रणाली विभागका अन्य कर्मचारी, प्रमुख कार्यकारी अधिकृत र स्मार्टच्वाइस टेक्नोलोजिजका सञ्चालक समितिका सदस्यहरू सहभागि हुनुभएकाे थियाे ।
३ दशक लामो समय बैंक तथा वित्तिय संस्थाको अनुभवमा नेपालकाे नेतृत्वमा स्मार्टच्वाइस टेक्नोलोजिजलाई थप उचाइमा पुर्याउने विश्वास रहेको छ।
प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार १३:३२