२० भन्दा बढी निर्माण कम्पनी र आपूर्ति व्यवसायी कालोसूचीमा
२५ साउन, काठमाडाैँ । विभिन्न निर्माण कम्पनी र आपूर्ति व्यवसायीलाई सार्वजनिक खरिद अनुगमनको कार्यालयले कालोसूचीमा राखेको छ।
शुक्रबार कार्यालयले विभिन्न विभाग र कार्यालयहरूको सिफारिसका आधारमा सूचना प्रकाशन गर्दै २० भन्दा बढी निर्माण कम्पनी र आपूर्ति व्यवसायीहरू लाईकालोसूचीमा राखेको हो।
भारत देहरादुनको भारत कन्स्ट्रक्सन पी.पी.सी.एल र त्यसका सञ्चालक राजिव गुर्गालाई र सिद्धीसाइ प्रकाश कन्स्ट्रक्सन क्षेत्रपाटी र त्यसका प्रमुख व्यक्ति दिपेन्द्र बहादुर शाहीलाई तीन-तिन वर्षका लागि कालोसूचीमा राखिएकाे छ ।
त्यस्तै अन्य कम्पनी र आपूर्तिकर्ता तथा त्यसका मुख्य व्यक्तीहरूलाई डेढ देखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखिएका छन् ।
प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार ११:३४