९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

खानेपानी महसुल वृद्धिविरुद्ध धरान उपमहानगर कार्यालय परिसरमा नाराबाजी

२४ साउन, काठमाडौं । धरान उपमहानगरपालिकाले धरानमा बढाएकाे खानेपानी शुल्क तथा महसुल विरुद्ध नाराबाजी भएको छ ।

प्रदर्शनकारीहरु उपमहानगरपालिका कार्यालय प्रवेश गर्ने क्रममा प्रहरीसँग धकेलाधकेल भएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी मानबहादुर राईले बताउनुभयाे ।

प्रदर्शनमा करिब २०० जना सहभागी रहेका छन् । प्रदर्शनकारीले धरान उपमहानगरपालिका कार्यालयबाहिर नाराबाजी गरिरहेका छन्, वाहाँले भन्नुभयाे ।

धरानमा क्रियाशील १० राजनीतिक दलले शुल्क बढाएकाे विरोधमा सोमबार खानेपानी बोर्डको महसुल संकलन काउन्टरमा तालाबन्दी गरेका थिए ।

धरानका मेयर अध्यक्ष रहने धरान खानेपानी व्यवस्थापन बोर्डले साउन १ बाट लागू हुनेगरी खानेपानी शुल्क बढाएकाे थियो । त्यसै विरूद्ध १० राजनीतिक दलले विरोध गरिरहेका छन् ।

आइतबार पत्रकार सम्मेलनमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एसियाली विकास बैंकको ऋण तिर्नका लागि महशुल बढाएको भन्दै फिर्ता नहुने बताउनुभएकाे थियाे । त्यसको भोलिपल्ट नै राजनीतिक दलहरुले धरानको वडा नं ११, १५,१६ मा रहेको खानेपानी काउन्तरमा तालाबन्दी गरेका थिए ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार १७:१०