१० असार २०८३, बुधबार | Wed Jun 24 2026

एयर डाइनेस्टी दुर्घटनामा परेकाकाे शव डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणालीबाट पोस्टमार्टम गरिने

२४ साउन, काठमाडौँ । एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा चालकसहित पाँच जनाको शवको आज पोस्टमार्टम सुरू भएकाे छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्‍जमा आज बिहानदेखि पोष्टमर्टमको प्रक्रिया सुरू भएको हो।

बुधबार दिउँसो काठमाडौँ विमानस्थलबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर दुर्घटना हुँदा चिनियाँ पर्यटक जी ली (पुरुष), यियाद वु (महिला), जुदाड टाङ (पुरुष), जेमिङ सी (पुरुष) र क्याप्टेन अरुण मल्लको मृत्यु भएको थियो । मृत्यु भएकाकाे शव डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणालीबाट पोस्टमार्टम गरिने त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभागका प्रमुख डा।गोपालप्रसाद चौधरीले जानकारी दिनुभयाे ।

आफन्तबाट मृतकको पहिचान विवरण र पोस्टमार्टम विवरण आज सङ्कलन गरिनेछ । भोलि मात्रै शव पहिचानको म्याचिङ हुने डा. चौधरीले बताउनुभयाे ।

प्रकाशित मिति : August 8, 2024 at 11:58 am