१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

१० लाख पर्यटक भित्रिएकाे उपलक्ष्यमा पर्यटनमन्त्रीकाे उपस्थितिमा पर्यटन बाेर्डमा उत्सव मनाउँदै

२८ मंसिर, काठमाडौँ । नेपाल पर्यटन बाेर्डले सन् २०१८को ११ औं महिनासम्म अहिलेसम्मकै सबैभन्दा धेरै पर्यटक भित्रिएका जनववरीदेखि नोभेन्बरसम्म नेपालमा १० लाख १ हजार ९ सय ३० जना विदेशी पर्यटक भित्रिएको उपलक्ष्यमा नेपाल पर्यटन बोर्डले उत्सव मनाउने भएकाे छ ।

बोर्डले यसलाई एेतिहासिक उपलब्धी भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीकाे उपस्थितिमा उत्सव मनाउने भन्दै निमन्त्रणामा गरेकाे छ । बाेर्डका सिइअाे दीपकराज जाेशीले म्यासेज गरेर अाज डिसेम्बर १४ काे साँझ ५ देखि ६ बजेसम्म उत्सव मनाउने उलेलेख गरेका छन ।

बाेर्डले यसमा खुशी मनाउनु स्वभाविक भए पनि रातारात उत्सवकाे घाेषणा गरेर छाेटाे समयमा निमन्त्रणा गरेकाले अाफू नजाने जानकारी गराएकाे बाेर्डका सदस्य दीपक महतले दैनिकीलाई जानकारी दिए । उनले डपसेम्बरकाे अन्तिमसम्म बाेर्डकाे स्थापना दिवस पारेर कार्यक्रम गर्न सकिनेे भएपनि हतारमा उताउलाेपना देखाएकाे भन्दै असन्तुष्टि व्यक्त गरे । पर्यटक अागमनकाे संख्यामा भएकाे वृद्धिलाई हेर्दा नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्ययटक भित्र्याउने सरकारकाे लक्ष्य अझै चुनाैतिपूर्ण देखिएकाे छ । यद्यपी भैरहवा विमानस्थल सञ्चालनमा अाए केही सहज हुने निश्चित छ ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार १६:२१