२७ भाद्र २०८१, बिहीबार | Thu Sep 12 2024

एउटै चलचित्रमा केपी ओली र माधवकुमार नेपाल

२३ साउन, काठमाडौं  । नेपालमा नेताहरु राजनीतिमा मात्र नभएर चलचित्रमा समेत कलाकारको भुमिका प्रस्तुत गर्न थालेका छन् । फरक यत्ति हो की प्राय उनीहरु चलचित्रमा केमियो भूमिकामै प्रस्तुत हुने गरेका छन् ।

अभिनेता रमित ढुँगाना निर्देशित चलचित्र ‘न मेटिएको घाउ’मा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै केमियो भूमिकामा अभिनय गरेका छन् । यो चलचित्र एसिड पीडित मुस्कान खातुनको घटना कथामा आधारित रहेको छ ।

ढुंगानाका अनुसार प्रधानमन्त्री ओलीको सुटिङ र डबिङको काम सकिएको छ । वाहाँ अनामनगर ९स्टुडियोमा० आएरै डबिङ गर्नुभयो, उहाँले मेरो अभियानलाई साथ दिनुभएको छ’, निर्माता ढुंगानाले भने ।

प्रधानमन्त्री ओलीसँगै पूर्वप्रधानमन्त्री अर्थात्  एकीकृत समाजवादीको नेतृत्व गरिरहेका माधवकुमार  नेपाललाई पनि निर्माता ढुंगानाले एउटै चलचित्रमा ‘डेब्यू’ गराएका छन् ।

प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री नेपालले एसिड आक्रमणका घटनाविरुद्ध लिएको निर्णयकै कारण चलचित्रमा समेटिएको उनी बताउँछन् ।

यो चलचित्रमा ओली र नेपालसँगै माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल र राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही पनि देखिनेछन् । पौडेल र शाहीलाई एसिड आक्रमणका घटनाविरुद्ध आवाज उठाएकाले चलचित्रमा राखिएको निर्माण पक्षको भनाइ छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार १६:१४