१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

कोशीमा मन्त्री छान्न सभापति देउवा निवास बूढानीलकण्ठमा कांग्रेसको छलफल

२१ साउन, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोशीमा मन्त्री छान्न सकस भएपछि पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाउनुभएको छ । बैठक सभापति देउवा निवास बूढानीलकण्ठमा जारी रहेको छ ।

कांग्रेसभित्रको गुट व्यवस्थापन गर्न नसकेपछि कांग्रेस संसदीय दलका नेता उद्धव थापा काठमाडौँ आउनुभएको हो । कोशीमा एमाले र कांग्रेसबिच भएको सहमतिअनुसार कांग्रेसले चारवटा मन्त्रालय पाउने भए पनि कांग्रेसभित्र डाक्टर शेखर कोइराला समूहले मन्त्रीको नाम पठाउन सक्नुभएको छैन ।

चार मन्त्रालयमध्ये शेखर कोइराला समूहबाट १ जना, नेता कृष्णप्रसाद सिटौला गुटबाट एक जना र , सभापति शेरबहादुर देउवा समूहबाट दुई जनालाई मन्त्री बनाउने संस्थापन पक्षको तयारी भएको छ ।

कोइराला समूहबाट मन्त्री बन्न मानबहादुर लिम्बू, गोविन्द गिरी, रामकुमार खत्री र इन्दिरा थापाले जोड गरिरहेको स्रोतले बताएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार १०:१९