१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

एमालेका मनोनीत उपाध्यक्षसहित स्थायी र केन्द्रीय सदस्यहरूद्धारा शपथ ग्रहण

२० साउन, काठमाडाैँ । नेकपा एमालेका मनाेनीत उपाध्यक्ष गुरु बरालसहित नयाँ थपिएका स्थायी कमिटी सदस्य र केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूले पद तथा गोपनीयताको सपथ लिनुभएकाे छ ।

आइतबार एमाले पार्टी कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीले उहाँहरूलाई शपथ खुवाउनु भएकाे हाे । गत बिहीबार बसेको एमाले सचिवालय बैठकले उपाध्यक्षमा गुरू बराल, स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने र लिलानाथ श्रेष्ठ तथा १७ जना केन्द्रीय कमिटी सदस्य मनोनित गरेको थियो।

प्रकाशित मिति : २० श्रावण २०८१, आईतवार १६:००