१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले आईपीओ निष्काशन गर्ने

२० साउन, काठमाडौँ । श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्तावसहित विशेष साधारणसभा बाेलाएकाे छ । आगामी भदौ ४ गते कम्पनीको कर्पोरेट कार्यालय नक्सालमा विशेष साधारणसभा बाेलाइएकाे हाे ।

साधारणसभाले कम्पनीको पूँजीको संरचना परिवर्तन हुने भएकाले प्रबन्ध पत्र तथा नियमावली बमोजिम सर्वसाधारणमा जारी गरिने भनी छुट्टाइएको सेयरहरुलाई संशोधन गरी प्रिमियम वा अकिंत मूल्यमा प्रारम्भक वा सार्वजनिक निष्काशन गर्ने प्रस्ताव पारित गर्ने र सो को लागि सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्ने सम्बन्धमा सभामा छलफल हुनेछ ।

कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी समेत समावेश गरी गर्ने प्रस्ताव संचालक समितिको प्रस्ताव बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन प्रस्ताव पारित गर्ने सम्बन्धमा प्रस्ताप रहेको छ ।

प्रकाशित मिति : August 4, 2024 at 3:19 pm