१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

कर्णालीमा कांग्रेसका ४ मन्त्रीद्धारा शपथ ग्रहण

२० साउन, काठमाडाैँ । कर्णाली प्रदेश सरकारका ४ मन्त्रीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकाे छ । नेपाली कांग्रेसका तर्फबाट ४ मन्त्रीले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष शपथ खानुभएकाे हाे ।

सत्ता साझेदार दल नेपाली कांग्रेसले शुक्रबार सरकारमा सहभागी हुने चार मन्त्रीको नाम प्रदेश प्रमुखको कार्यालय पठाएको थियो।

जसमा आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा विजया बुढा रहनुभएकाे छ ।

प्रकाशित मिति : २० श्रावण २०८१, आईतवार १५:०५