१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

एमाले बझाङको प्रतिनिधिसभा निर्वाचन क्षेत्रको इन्चार्जमा ऐन महर

१८ साउन, काठमाडौँ । नेकपा एमालेले बझाङको प्रतिनिधिसभा निर्वाचन क्षेत्रको इन्चार्जमा ऐन महरलाई जिम्मेवारी दिएको छ । बिहीबार बसेको सचिवालय बैठकले महरलाई प्रतिनिधिसभा निर्वाचन क्षेत्रको इन्चार्ज तोकेको भए पनि विज्ञप्तिमा नाम छुट्न गएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले दैनिकीलाई जानकारी दिनुभयो ।

उहाँले अर्को केन्द्रीय सदस्य मैना भण्डारीको पनि नाम छुट्न गएकोमा त्यो सच्याइसकिएको जानकारी दिनुभयो । यसअघि दैनिकीले बिहीबार नै ‘ऐन महर फेरि कारबाहीमा ! कार्यविभाजनको सूचीबाट नाम गायब’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । त्यसपछि एमाले नेतृत्वले छुटेको नाम सच्चाएको जनाएको छ ।

दैनिकीसँग कुरागर्दै प्रचार विभाग प्रमुख गौतमले भन्नुयभो, ‘दुई जनाको जिम्मेवारी र नाम हिजको विज्ञप्तिमा छुट्न गएको रहेछ मेले बिहानै महासचिवसँग कुरा गरेर सच्याइसकेका छौँ । त्यो विषय अब अन्तरपार्टी निर्देशनमा समेटिन्छ ।’

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार २०:०३