३० असार २०८३, मंगलबार | Wed Jul 15 2026

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्

१८ साउन, काठमाडौँ । शुक्रबार बिहान कक्षा १२ को नतिजा सार्वजनिक भएको छ।

बोर्डका अनुसार नियमिततर्फ ३ लाख ९० हजार ८६८ र ग्रेडवृद्धितर्फ १ लाख १९३ जना विद्यार्थीले परीक्षा आवेदन भरेकामध्ये २ लाख ३१ हजार २३६ वद्यिार्थीले ग्रेड प्राप्त गर्न तथा उतिर्ण भएका छन् । उक्त परिक्षामा यसपालि १२२ जनाको परीक्षा रद्द भएको छ भने १२ हजार ६७२ अनुपस्थित रहे ।

राष्ट्रिय परीक्षा बोर्डको वेभसाइट र नेपाल टेलिकमको वेभसाइटबाट तथा ल्भ्द्य टाइप गरी एक स्पेस दिएर सिम्बोल नम्बर लेखि नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिन्छ। साथै १६०० मा फोन गरेर पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ।

प्रकाशित मिति : August 2, 2024 at 12:54 pm