२ मंसिर २०८१, आईतवार | Sun Nov 17 2024

जनउत्थान सामुदायिक लघुवित्तमा रोजगारीको अवसर

१८ साउन, काठमाडौँ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारी खुलेको छ।

लघुवित्तले सिनियर असिस्टेन्ट, जुनियर असिस्टेन्ट, अधिकृत, सहायक अधिकृत र ट्रेनी असिस्टेन्ट माग गरेको हो ।

सहायक अधिकृतका लागि कम्तीमा एक वर्षको अनुभव तथा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको र सिनियर असिस्टेन्टका लागि प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण भएको दुई वर्षको अनुभव हुनुपर्नेछ ।

जुनियर असिस्टेन्टका लागि एसइई सरह उत्तीर्ण र ६ महिना काम गरेको अनुभव तथा असिस्टेन्ट तहका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ।

त्यसैगरी, अधिकृतका लागि भने योग्यता बैंकिङ, वित्त लगायत विषयमा स्नातकोत्तर पूरा गरी सम्बन्धित क्षेत्रमा दुई वर्षको अनुवभ हुनुपर्ने र उमेर २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको र महिलाको हकमा ४५ वर्ष ननाघेको हुनुपर्ने छ ।

एसइई उत्तीर्ण गरेर बसेका ट्रेनी असिसस्टेन्ट समेत लघुवित्तले माग गरेकाे छ । आवेदकबाट उनीहरूको अन्तर्वार्ता र प्रस्तुतिकरण हेरेर छनोट गरिनेछ । उक्त कार्यका लागि मोटरसाइकल स्कुटर लाइसेन्स भएकाहरूलाई विशेष प्राथमिकता दिइने लघुवित्तले जनाएको छ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार १२:४५