१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

कांग्रेसले पठायो कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम

१८ साउन, काठमाडौँ । प्रदेश सरकारमा नेपाली कांग्रेस कर्णाली प्रदेश सभा दलले सहभागी हुने सांसदहरूको नाम पठाएको छ ।

चार जनालाई मन्त्री तोकेर मुख्यमन्त्री यामलाल कँडेल समक्ष पठाएको प्रदेश सभा दलका प्रमुख सचेतक हिक्मत बहादुर विष्टले बताउनुभयो । सामाजिक विकास मन्त्रालयमा घनश्याम भण्डारी, आर्थिक मामिला तथा योजना मन्त्रालयमा राजिव विक्रम शाह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सुरेश अधिकारी र ऊर्जा तथा जलस्रोत मन्त्रालयमा विजया बुढाको नाम तोकेर पठाइएको हो।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार १२:२५